७१ पत्रकारमा काेराेना पुष्टि, पत्रकारकाे निःशुल्क पिसिआर परीक्षण गर्न महासंघकाे माग

७१ पत्रकारमा काेराेना पुष्टि, पत्रकारकाे निःशुल्क पिसिआर परीक्षण गर्न महासंघकाे माग

नेपालमा हालसम्म ७१ जना पत्रकार, सञ्चारकर्मीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

नेपाल पत्रकार महासंघका अनुसार प्रदेश १ मा १३, प्रदेश २ मा २७, बागमतीमा ११, गण्डकीमा ८, प्रदेश ५ मा ११ र कर्णाली प्रदेशमा एक गरी ७१ जनामा संक्रमण पुष्टि भएकाे छ।

प्रदेश १ मा काेराेना पुष्टि भएका पत्रकारमा माेरङका १२ र उदयपुरका एक जना रहेका छन्।

प्रदेश २ काे  पर्सामा १३, बारामा ४, धनुषामा २ जनामा काेराेना पुष्टि भएकाे छ। त्यस्तै सप्तरी र सर्लाहीमा ३/३ जना तथा महोत्तरी र रौतहटमा १/१ जनामा संक्रमण पुष्टि भएकाे छ।

यसैगरी बागमतीकाे काठमाडौंमा ९ र ललितपुरमा २ जना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ। गण्डकीकाे नवलपुरका ७ र कास्कीका १ पत्रकारमा पनि काेराेना पुष्टि भएकाे छ।

प्रदेश नम्बर ५ काे बाँकेमा २, बर्दियामा १, कपिलवस्तुमा ६ र रुपन्देहीमा २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

यसैगरी कर्णालीकाे दैलेखका १ पत्रकारमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गरी  संक्रमितमध्ये केही निको भइसकेकाे र  केही उपचाररत अवस्थामा रहेकाे जनाएका छन्।

महासंघले विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र संक्रमणको उच्च जोखिममा रहेकाे जनाएकाे छ।

'महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले अपिल गरेकाे छ। 


Leave a Reply

Your email address will not be published.