धनुषामा प्रहरी र तस्करबीच झडप, एक राउण्ड हवाइ फायर

धनुषामा प्रहरी र तस्करबीच झडप, एक राउण्ड हवाइ फायर

धनुषामा प्रहरी र तस्करबीच झडप भएको छ। धनुषाको दुहबी नाकामा प्रहरी र तस्करबीच शुक्रबार झडप भएको हो।

झडप साम्य पार्न प्रहरीले एक राउण्ड हवाइ फायर गरेको बताइएको छ।

दुहबी नाका हुँदै पिकअपमा मटर तस्करी भइरहेको जानकारी पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो।

तस्करका स्थानीय सहयोगीहरुले ढुंगामुढा गरेपछि प्रहरीले एक राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

‘पिकअपमा सय बोरा जति मटर भारततर्फ तस्करी भइरहेको हामीले सूचना पाएका थियौं,’ एसपी बस्नेतले भने,‘१०-१५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले दशगजामा पुगेर ढुंगामुढा गर्‌यो । बाध्य भएर प्रहरीले हवाइ फायर गर्नु प¥यो।’ 

झडपमा कोही हाताहात नभएको उपरीक्षक बस्नेतले बताए । स्थानीय राजीव महासेठ भत्रे व्यक्ति मटर तस्करीमा संलग्न रहेको सूचना आफूहरुले पाएको उनले जनाए।

प्रहरीले महासेठको घर खानतलासी गर्दा केही बरामद हुननसकेको उनको भनाइ छ।

महासेठका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढा गरिरहेकै बेला मटरसहित पिकअप नाका हुँदै पार गरेको स्रोतले जनाएको छ । प्रहरीको थप बल आउन समय लागेको मौको छोपेर नाकाबाट गाडी कटाइएको स्रोतको दाबी छ। 


Leave a Reply

Your email address will not be published.