कास्कीमा निषेधाज्ञा खुकुलो, भोलिदेखि जोरबिजोर लागू हुने

कास्कीमा निषेधाज्ञा खुकुलो, भोलिदेखि जोरबिजोर लागू हुने

कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णयसहित प्रशासनले भदौ ३ देखि जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो। 

यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने पाइने छैन। 

ट्याक्सी र निजी गाडी बिहान ६ देखि राति ८ बजेसम्म चलाउन पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए। 

भदौ ३ देखि जारी निषेधाज्ञा भदौ ७ गते सकिएको थियो। भदौ १२ सम्मलाई जारी निषेधाज्ञामा बैंक र वित्तीय संस्था तथा अत्यावश्यक सरकारी कार्यालय खोल्न पाइएको थियो।

तर शनिबारदेखि लागू हुने गरी भदौ २० सम्म जारी आदेशमा बैंकसहित टेक अवे सेवा पनि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ। 

निजी सवारीमा जोरबिजोर र टेक अवेबाहेक प्रशासनले गरेको निर्णय पुरानै हुन्। 

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ देखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।
जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) ज्ञानप्रसाद ढकालले यो आदेश जारी गरेका हुन्। 

भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रम तथा क्रियाकलाप आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। 

विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगाशाला, फुटसल, खेलकुद स्थल, जिमखाना फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन लगायत सेवा तथा स्थलहरु खोल्न पाइने छैन। 

सरकारी तथा गैरसरकारी कार्यालय एवं बैंक तथा वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ। तर सामाजिक दुरी कायम गरी भीडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने छ। 

प्रशासनले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न, पटकपटक साबुन पानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न पनि भनेको छ


Leave a Reply

Your email address will not be published.