कुलेश्वरको दुर्गा ट्रेडर्समा महानगरको अनुगमन, केराउ, चामल र भटमास बिक्रीमा रोक 

कुलेश्वरको दुर्गा ट्रेडर्समा महानगरको अनुगमन, केराउ, चामल र भटमास बिक्रीमा रोक 

महानगरपालिकाले कुलेश्वरमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्समा केही खाद्यान्न र गेडागुडी बिक्रीमा रोक लगाएको छ। 

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले ढुवानीका लागि तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीमा लागि रोक लगाइएको हो। 

उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितक कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको उपमेयर खडगीले बताइन्। 

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो। खाद्य सामाग्रीमा हुनु पर्ने पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको थियो। 

कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएकाले कारबाही गरिने बताए।
 


Leave a Reply

Your email address will not be published.