देशभर २७२२ र काठमाडौंमा मात्रै १६३८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर २७ सय २२ कोरोना संक्रमित थपिएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै १६ सय ३८ संक्रमित थपिएका छन्।
आज काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जनाले कोरोना जितेका छन्। यस्तै आजसम्म ६० हजार ६ सय ९६ जनाले कोरोना जितेका छन्।