देशभर थप ११ कोरोना संक्रमितको मृत्यु

देशभर थप ११ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप ११ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मोरङमा एकजना, भक्तपुर र ललितपुरमा दुई/दुई जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मकवानपुर र रुपन्देहीमा एक/एक संक्रमितले ज्यान गुमाएका छन्।

बाँकेमा दुई र सुर्खेतमा एक कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेमा चारजना महिला र सातजना पुरुष रहेका छन्।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ। यो संक्रमितहरूबाट मृत्यु हुने प्रतिशतमा ०.६५ प्रतिशत हो।


Leave a Reply

Your email address will not be published.