खोलामा बगेर बाजुरमा एकै परिवारका पाँचजना बेपत्ता

खोलामा बगेर बाजुरमा एकै परिवारका पाँचजना बेपत्ता

बाजुरामा खोलामा बगेर एकै परिवारका पाँचजना वेपत्ता भएका छन्। प्रहरीका अनुसार बाजुरको हिमाली गाउँपालिका–५ मा पर्ने  कवाडी खोलामा बगेर एकै परिवारका पाँचजना बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाका अनुसार हिमाली गाउँपालिका–५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली सहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोसी, एक वर्षीया छोरी किस्मती र २ वर्षे छोरा सम्मान वेपत्ता भएका हुन्।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका प्रहरी निरीक्षक ठगुन्नाले बताए।


Leave a Reply

Your email address will not be published.