गान्धी जयन्तीको अवसरमा भारतद्वारा एम्बुलेन्स र बस उपहार

गान्धी जयन्तीको अवसरमा भारतद्वारा एम्बुलेन्स र बस उपहार

भारत सरकारले नेपाललाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस सहयोग गरेको छ। गान्धी जयन्तीको अवसरमा भारतले नेपालका नाफारहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई एम्बुलेन्स र बस उपहारस्वरुप प्रदान गरेको हो।

भारत सरकारले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपालका गैरसरकारी संस्थालाई एम्बुलेन्स र विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा घोषणा गरिएका एम्बुलेन्स र बस गान्धी जयन्तीको अवसरमा प्रदान गरिएको हो।

काठमाण्डौंस्थित भारतीय दूतावासमा शुक्रबार आयोजित एक समारोहका बीच राजदूत एच.इ.विनयमोहन क्वात्रले छनौटमा परेका गैरसरकारी संस्थाहरुलाई एम्बुलेन्स र विद्यालयहरुलाई बस हस्तान्तरण गरेका छन्।

भारतले उन्नत, आधारभूत र गरी तीनखाले एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ।

उन्नतकोटीको एम्बुलेन्समा भेन्टिलेटर, इसीजी, अक्सिजन मोनिटर, न्युबेलाइजर, फोरजी मोबाइललगायतका सुविधा उपलब्ध रहेको दूतावासले बताएको छ। यसैगरी आधारभूत एम्बुलेन्समा भेन्टिलेटरबाहेक उन्नतकोटीमा समावेश गरिएका सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ। 

भारतीय दूतावासले नेपालको शैक्षिक क्षेत्रमा सहयोग पु-याउने उद्देश्यले हालसम्म देशभर १६० विद्यालयलाई उपहारस्वरुप बस प्रदान गरिसेको छ।


Leave a Reply

Your email address will not be published.