महिला हिंसाविरुद्ध माइतीघरमण्डलामा जसपाको प्रदर्शन

महिला हिंसाविरुद्ध माइतीघरमण्डलामा जसपाको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा) ले मुलुकमा बढ्दो महिला हिंसा र बलात्कारका घटनाविरुद्ध काठमाण्डौंमा प्रदर्शन गरेको छ। महिला हिंसा र बलात्कारका घटना रोक्न सरकार निरीह बन्दै गएको भन्दै जसपाको भगिनी संगठन जनता समाजवादी महिला संघले माइतीघरमण्डलामा शुक्रबार विरोध गरेको हो।

माइतीघरमण्डलामा प्लेकार्डसहित उपस्थित भएकी जसपाकी महिला नेतृ तथा कार्यकर्ताहरूले एक घण्टा सरकारविरुद्ध प्रदर्शन गरेको जसपा महिला संघकी अध्यक्ष निर्मला यादवले बताइन्।

दिनहुँ बलात्कार तथा महिलाहिंसाका घटनाहरू भइरहेपनि नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेको भन्दै त्यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन प्रदर्शन गर्नुपरेको यादवको भनाइ छ।

‘बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइँदै छ, बच्चाहरू बल्तकृत भइरहेका छन,’ यादवले भनिन्,‘राज्यको उपस्थिति देखिएको छैन, सरकारले सुरक्षाको प्रत्याभूति दिनसकको छैन्।’ सुरक्षाको प्रत्याभूतिका साथै महिला हिंसाको घटना तत्काल नियन्त्रण गर्न माग राख्दै प्रदर्शन गरिएको यादवले बताइन्।

मुलुकमा अपराधिक घटनाहरू बढिरहेको बेला सरकार मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्त गर्न केन्द्रीत रहेको जसपाको आरोप छ।


Leave a Reply

Your email address will not be published.