दाङ राजधानी प्रस्ताव भएपछि बुटवलमा आन्दोलन
स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ। यहाँका स्थानीयले उनीहरूलाई साथ दिइरहेका छन्।
आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका छन्।
त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाउको छ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन सुरु गरेको बताए।
उनले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने मागलाई आन्दोलनको रुपमा अगाडी बढाउने बताए।