राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेच रोक
प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र तोकेसँगै त्यस क्षेत्रमा जग्गा किनबेच गर्न रोक लगाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरवारलाई आवश्यक सम्वन्य गरिदिन आग्रह गरेको छ।
स्थायी राजधानी तोकिएको क्षेत्र दाङको राप्ती गाउँपालिकाको पूरै क्षेत्र, गढवा गाउँपालिकाको १,२,३ वडा, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्वर ८ र ९ नं. वडामा जग्गा किनबेच र कित्ताकाट गर्न पाइने छैन।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलले मालपोत कार्यालय लमही दाङ र अर्घाखाँचीलाई पत्र पठाएको छ। स्थायी राजधानी तोकिएसँगै जग्गा कारोवारीहरु सक्रिय हुने देखेपछि यस्तो परिपत्र गरेको हो।