धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिगको इतिहासमा शुक्रबार सर्वाधिक खेल खेल्ने खेलाडी भएका छन् । उनले सुरेश रैनालाई उछिन्ने क्रममा चेन्नई सुपर किंग्सका लागि १ सय ९४ औं खेल खेले।

तर उनका लागि यो अवसर सुखद रहेन। चेन्नई सनराइज हैदराबादको हातबाट ७ रनले पराजित रह्यो। जितका लागि १ सय ६५ रन पछ्याइरहेको चेन्नाइले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो ।

हैदरावादको यो दोस्रो जित रह्यो । तीनपल्टको च्याम्पियन चेन्नईको सुरुआत राम्रो रहेन। टाेलीले पनि ४२ रन मात्र बनाउँदा चार विकेट गुमाइसकेको थियो। त्यसमा फाफ डु प्लेसिसले २२ रन बनाएका थिए ।

टिमका लागि रवीन्द्र जडेजाले ३५ बलमा ठ्याक्कै ५० रन बनाए र यो नै टिमका लागि सबैभन्दा ठूलो व्यक्तिगत योगदान रह्यो।

धोनीले ४७ रन बनाए र नटआउट रहे । यो नतिजापछि चेन्नई अविश्वसनीय रूपमा आठ टिमसम्मिलित प्रतियोगिताको पुछारमा रह्यो।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो। एक समय ६९ रन बनाउँदासम्म चार विकेट गुमाएको हैदरावादका लागि ठूला नाम सबै फिक्का रहे।

यस्तोमा युवा ब्याट्सम्यान प्रियम गर्गले २६ बलमा ५१ रन बनाए र टिमलाई उकासे। उनले ३१ रन बनाएका अभिषेक शर्मासँग ७७ रनको साझेदारी गरे। हैदराबादका लागि जोनी बेरिस्टो र केन विलियम्सन दुवै नराम्रोसँग असफल रहे।  

शनिबार दुई खेल हुनेछ। राेयल च्यालेन्जर्स बेंग्लाेर र राजस्थान राेयल्सबीच अबुधानीकाे शेख जायेद अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा हुनेछ। दुवैले समान तीन खेलमा दुई खेल जितेका छन् भने एक खेल गुमाएका छन्। शनिबारै दिल्ली क्यापिटल्स र काेलकाता नाइट राइडर्सबीच पनि खेल हुनेछ।

र, याे पनि

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

धोनीको चेन्नईमाथि राजस्थानको राज

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित


Leave a Reply

Your email address will not be published.