अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण देखिएसँगै उपचारका लागि सैनिक अस्पताल लगिएको छ।
शुक्रबार बिहान ट्रम्प दम्पतीमा कोरोना भाइरस पुष्टि भएको थियो। ७४ वर्षीय ट्रम्पको उमेर र बढी तौल भएकोले उनको स्वास्थ्यमा कोरोनाले धेरै प्रभाव पर्नसक्ने ‘द गार्जियन’ले लेखेको थियो।
ट्रम्पलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ। उनी कोरोना पुष्टि भएको १७ घन्टापछि अस्पताल गएका हुन्।
मास्क र सुट लगाएका ट्रम्पलाई सैनिक अस्पताल लग्न ह्वाइट हाउस आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए। तर, उनले त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गरेनन्।