डा. गोविन्द केसी पक्षमा उर्लिए युवा
डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ।
‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले हातहातमा राष्ट्रिय झन्डा पनि समाएका छन्।
उनीहरु माइतीघरमा बसेर प्रदर्शन गरिरहेका छन्।