सुकेटारबाट सुरु भयो पहाडी साइकलयात्रा 

सुकेटारबाट सुरु भयो पहाडी साइकलयात्रा 

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सुकेटारबाट पहाडी क्षेत्रमा साइकल–यात्रा सुरु भएको छ।                                        

साविक मेची अञ्चलको पर्यटन विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणको  उद्देश्यले साइकल यात्रा सुरु भएको हो।        

अनुभवी १३ जना सहभागी साइकलयात्रा झापाको बिर्तामोड  आएर असोज १९ गते टुङ्गिने यात्रा संयोजक योगेन्द्र थापा बताए।        

उनका  अनुसार  यात्रा  पहिलो दिन  पाँचथर, दोस्रो इलाम र तेस्रो दिन झापा आइपुग्ने  छ। 

यात्राको उद्देश्य ‘हाम्रा पहाड साइकल यात्राका लागि सजिला छन्’  भन्ने सन्देश दिनु पनि  भएको  संयोजक थापाले सुनाए।

नेपाल लिङ्स प्याडलको आयोजना तथा  हिमालय माउण्ट वाइक्सको संयोजनमा सुरु  भएको यात्राका लागि  सहभागीहरु साइकल सहित १६ गते नै सुकेटार पुगेको थिए।    

कोरोना संक्रमणलाई मध्यनजर गर्दै यात्रा सुरु गर्नुभन्दा अघि  सहभागी सुकेटारडाँडामा  टेन्टमा  बास बसेका थिए।  यात्रा अवधिभर उनीहरूको  बास  टेन्टमा नै हुनेछ।


Leave a Reply

Your email address will not be published.