नाइँ मिठा खाने कुरा, सपना भैजाँदो अधुरा
केही वर्षअघि नेपालगन्जमा भएको क्षेत्रीय खेलकुद प्रतियोगितामा फूटबकै रफ्तारमा कुद्ने उनका प्रत्येक प्रहारमा दर्शकको हुटिङ आउँथ्यो ‘रकेट।’
धराने ठिटो। ‘रकेट’ अर्थात् सरोज कार्की।
गीतसंगीतले तातिइरहने, धरान। अर्कातिर युवा पुस्तालाई तताएको हिपहप पहिरन र हिपहप गित । रकेट पनि नतातिने कुरै भएन।
धरानको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत गरिरहेका थिए, उनी। चोकचोकमा ‘र्याप’ हान्थे।
हिपहप पहिरनमा धरानका चोकचोकमा उनको र्यापले ‘नयाँ पुस्ता’को एउटा तरेली बनाइसकेको थियो।
… .. ..
‘नभनु भने भन्नु प-याछ
गाउँघर तिर पर्नु पीर पर्याछ
यही साल त आउला सुख
बाईजाला दुख भनी, दिन गन्नु प¥या’छ ।’
… .. ..
बुवा प्रहरीमा भएकाले पनि उनलाई नेपालका कैयौँ ठाउँ घुम्ने मौका मिल्यो। बुवा (उदिमबहादुर कार्की)को सरुवा जहाँ हुन्थ्यो उनी त्यहीँ पुग्थे।
खासगरी कर्णालीका धेरै जिल्ला घुमेका छन् उनी। कर्णालीका कथा, व्यथा देखेका छन्, भोगेका छन्।
फूटबलका रकेट फूटबलको पछि मात्रै दौडिएनन् । उनी ‘एकेए रकेट’सम्म पुगे । कर्णालीका कथा–व्यथा पनि र्यापमा समेटिए।
अनि श्रृजना भयो ‘मर्म कर्णालीका।’
… .. ..
‘कल्लाई सुनाउँ
विरह लाग्दो कठई कथा
कर्णालीको
न त निको छ प्रणाली सरकारको
जसो–तसो जियाछन्
हड्दै उँभो–उँदो
बोकी कुटो कोदाली
बाँझो छ खेतवारी ।’
… .. ..
लकडाउनको समय थियो। घरमै थन्किएका ‘एकेए रकेट’ उकुसमुकस नै भएका थिए। ‘लकडाउनमा घरमा के गरी बस्ने? सारा दैनिकी फेरिएको थियो’ उनी सुनाउँछन्।
रोजगारीका लागि भारत पसेकाहरु नमिठो भोगाई बोकेर फर्किरहेका थिए। कोरोना संक्रमण जोखिम पनि उच्च नै थियो। तर पनि सवाल थियो, पापि पेटको, गाँसको। भोको पेटको।
यही परिवेश छेउछाउमै रहेर ‘एकेए रकेट’ले लकडाउनकै समयमा मर्म कर्णालीको र्याप गीत सार्वजनिक गरे।
… .. ..
‘रोपिदेला कसले
कोदो, मास्र्या, धान यसपालि
खाँचो छ युवा, आउ वारी
क्या गरी खालान्, तिम्बो जहान
नाई विकासको काम
को गरिदेला सेवा
पु¥याउन विकासको टेवा
हेलामै झमेला झेल्याछन्
कुनामा भयाँ कर्णालीका गाउँ
नानो भाउँ रुदो, कोदोको नल चवाई
बाउ ति नाई मिठा खाने कुरा
सपना भैजाँदो अधुरा
सहिनु प¥याछ दुःख
को गरिदेला मुक्त
मुन रोएको छ भित्र’
… .. ..
‘लकडाउनमा भयभित अवस्था थियो। हिपहप भनेकै परिवर्तनको अर्को रुप हो। त्यसैले मर्म कर्णालीका निस्कियो’ उनी भन्छन्।
माथिल्लो कर्णालीमा मुख्य समस्या नै खान लगाउनको हुन्छ। उनले भने, ‘माथिल्लो कर्णालीको पीडा खान–लगाउन नै हो। कर्णालीका हरेक समाचारले मुटु नै चसक्क बनाउँछन्। यसै सन्र्दभमा मर्म कर्णालीका बोलको र्याप गीतमा यहाँका कथा समेटेको छु ।’
हालसम्म ‘एकए रकेट’का ११ वटा गित सार्वजनिक भईसकेका छन्। २०७१ सालतिर उनले आफ्नो पहिलो र्याप गीत सार्वजनिक गरेका थिए, धावक।
… .. ..
‘पोहोर साल त आउला खुसी
भनी पर्खी बस्या थियौँ हामी
बितिसक्यो तीन–चार साल
चाल पाइन ढुकी बसिम् त्यही
दुःखी रया छाती
भएन प्रगती
ज्वरो आउँदा नाई ओक्तो
ज्वरो दुख्छ
सिटामोल नपाई मर्नु पर्दो
डाक्टर छैनन् गाउँ उँदो
अझै पर्तुदैछन् धामी झाक्री
को सुन्देला टिठ लाग्दो कहानी हाम्बो
अन्धविश्वासमै चल्दो छ समाज
को सुन्देला दिन दुःखीका आवाज’
… .. ..
‘चिलगाडी उड्दो उँभो आकाशमा
को बुझ्दो दुःख हाम्रो मुनी वास्तवमा
नील डाम बस्या छ
बोक्दा–बोक्दा घाँस दाउरा
खाला उक्याछ
काँडा बिज्याछन् खाली खुट्टामा
झुत्रामुत्रा टाला लगाई
तैपनि हड्नु प-याछ
रोड त आईगयो
तर चोट मनमा उसैन बस्याछ
रोग लाग्दा बेजोग हुँदो
जसोतसो डोकोमा बोकी
अस्पताल लग्नुपर्दो
अत्तोपत्तो छैन बाच्ने कुरो
अवेलामै ज्यान जाँदो भईकन ढिलो’
… .. ..
फूटबलले चिनाएको ‘रकेट’ भन्दा हिपहप दुनियाका मर्मरुपी कथा बोक्ने ‘एकेए रकेट’ले नागरिकका वेदना बोल्न सकेकोमा खुसी व्यक्त गर्छन्।