मधुमेहका विरामीले खानसक्छन् यी मिठा चिज
मधुमेहका विरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। खानपानमा ध्यान दिएन भने मधुमेहका विरामीका लागि निकै खतरा सावित हुन सक्छ।
मधु्मेहका रोगीले मिठा खानेकुराको त झनै सेवन गर्नै हुँदैन। मिठा चिजको सेवन गर्दा ब्लडमा सुगरको मात्रा बढ्न पुग्छ। तर, केही यस्ता खाने कुरा छन् जसको सेवन गर्दा ब्लडमा सु्गरको मात्रा बढ्दैन।
मधुमेहका विरामीले पनि खान मिल्ने केही चिज छन्। जसको सेवन गर्दा स्वास्थ्यलाई निकै फाइदा पुगछ।
मह
मह स्वास्थ्यका लागि निकै लाभदायक खानेकुरा हो। महलाई मधुमेहका विरामीले पनि सेवन गर्न सक्छन्। तर, महको सेवन गर्नुपूर्व चिकित्सकको सल्लाह भने आवश्यक हु्न्छ।
महमा भिटामिन बी-६, भिटामिन सी कार्बोहाइड्रेट, राइबोफ्लेविन र एमिनो एसिड जस्ता तत्व पाइन्छन्। जसले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ।
छोक्रा
छोक्राको सेवन पनि स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। मधुमेहका रोगीले पनि यसको सेवन गर्न सक्छन्।
महधुमेहका रोगीले खानपानमा विशेष ध्यान दिनुपर्छ। खानामा पनि ब्लडमा रगतको मात्रा नियन्त्रण गर्ने चिजको प्रयोग गर्नुपर्छ।
बदाम
मधुमेहका रोगीले पनि बदामको प्रयोग गर्न सक्छन्। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। बदाममा फाइबर, प्रोटीन, असन्तृप्त र फ्याटी एसिड एवं एन्टिअक्सिडेन्टल प्रसस्त पाइन्छ।
जसले शरीरलाई स्वस्थ बनाएर राख्छ। नियमित सिमित मात्रामा यसको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ।