दाङ राजधानी सारिएको विरोधमा कांग्रेसले रुपन्देही बन्द गर्ने

दाङ राजधानी सारिएको विरोधमा कांग्रेसले रुपन्देही बन्द गर्ने

प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश भएको बिरोधमा नेपाली कांग्रेसले बिरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
कांग्रेसले आइतबार असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको छ। 

त्यसैगरी १९ गतेदेखि प्रदेश सभा घेराउ गर्ने काग्रेसले बताएको छ। कांग्रेसले प्रदेशसभा घेराउ गर्नका लागि जुट्न समेत भनेको छ।

शनिबार बसेको जिल्ला र नगर बैठकले उक्त निर्णय गरेको हो। प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो।

बैठकले जिल्लाको मुख्य बजार क्षेत्रका साथै बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको बताएको छ।

बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ।

शनिवार राँके जुलुस, आइतबार रुपन्देही बन्द तथा  नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए। उनले राजधानीको बिषय सबैको साझा बिषय भएको हुँदा दलगत स्वार्थमा नलागी आन्दोलनमा उत्रिन आग्रह गरे। 


Leave a Reply

Your email address will not be published.