सरकारविरुद्ध काठमाडौंमा जसपा भातृ संगठनको प्रदर्शन

सरकारविरुद्ध काठमाडौंमा जसपा भातृ संगठनको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। जनभावनाको कदर नगरी सरकार निरंकुश बन्दै गएको भन्दै जसपाको जनवर्गीय संगठनहरूले शनिबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गरेको हो।

सरकारविरुद्ध विरोध प्रदर्शन गरेका जसपाका भातृ संगठनहरूले अनशनरत डा. गोविन्द केसीको माग पूरा गरी जीवन रक्षा गर्न माग गरेका छन्।

 सरकारले जनताको आवाज दबाउन खोजेको भन्दै डा. केसीले उठाएको माग जनताको माग रहेकोले उसले तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ।

यसैगरी निर्मला हत्याकाण्डको एक वर्षभन्दा बढी भइसकेपनि दोषी कारबाहीको दायरामा ल्याउन नसकेर सरकारले आफ्नो असफलता सावित गरेको भन्दै आफूहरूले सरकारविरुद्ध प्रदर्शन गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निस्पक्षले बताए।

कोरोना महामारीका बीच राहत वितरणमा समेत सरकारले भ्रष्टाचार गरेको उनले आरोप लगाएका छन्। २० अर्बभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको भन्दै दोषीलाई कारबाही गरी गरिब र बेरोजगारका लागि राहत प्याकेज घोषणा गर्न जसपाका भातृ संगठनहरूको माग रहेको महासचिव निस्पक्षले बताए।

मुलुकमा दिनहुँ भइरहेका हत्या हिंसाका घटनाहरू नियन्त्रण गर्न सरकारले निरीह बनेकोले यस्ता घटनाका दोषीहरूलाई कारबाहीका साथै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा नागरिकलाई उपलब्ध गराउन जसपाले माग गरेको छ।


Leave a Reply

Your email address will not be published.