देशभर थपिए २१२०संक्रमित, उपत्यकामा ११७७, थप ८ जनाको मृत्यु

देशभर थपिए २१२०संक्रमित, उपत्यकामा ११७७, थप ८ जनाको मृत्यु

बितेको चौबिस घण्टामा २ हजार १ सय २० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विफ्रङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो संख्या पुष्टि गरेका हुन्। योसँगै देशभर ८४ हजार ५ सय ७० संक्रमित पुगेका छन्। 

देशभर करिब १२ हजार ९ सय ७८ जनाकाे पिसिआर परीक्षण गर्दा याे संख्या पुष्टि भएको हो। 

त्यस्तै यो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको छ। अब नेपालमा मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ। 

त्यस्तै काठमाडौ उपत्यकामा मात्रै १ हजार १ सय ७७ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन्। त्यस्तै चाैबिसघण्टामा २ हजार ४४ जना संक्रमणमुक्त्त भएका छन्। 
 


Leave a Reply

Your email address will not be published.