सालोलाई अप्राकृतिक मैथुन गरी हत्या गर्ने पक्राउ 

सालोलाई अप्राकृतिक मैथुन गरी हत्या गर्ने पक्राउ 

बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाबाट एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदा रहेको प्रहरीले जनाएको छ।

धनुषाधाम नगरपालिका–७ किसानपुर बस्ने रामेश्वर सदाका पाँच वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक मैथुनपछि हत्या गरेको आरोपमा रामबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। 

असोज १५ देखि बेपत्ता रुपेशको शव शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पातपतिङ्गरले छोपिएको अवस्थामा परिवारले फेला पारेको थियो। 

अनुसन्धान क्रममा रामबहादुरले अप्राकृतिक मैथुनपछि बालक रुपेशको हत्या गरेको खुलेको डिएसपी मिश्रले बताए। 

सालो नाता पर्ने रुपेशलाई रामबहादुरले बिस्कुट, चकलेटको प्रलोभन दिई अप्राकृतिक मैथुन गरेको मिश्रले जनाएका छन्। अप्राकृतिक मैथुनकै क्रममा रुपेश बेहोस भएपछि उनले लगाएको कन्दनीले घाँटी कसेर रामबहादुरले हत्या गरेको अनुसन्धानमा खुलेको मिश्रले बताए। 

रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.