प्रधानमन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भन्डारीलाई संक्रमण पुष्टि भएको हो। 

प्रेस सल्लाहकार थापाका अनुसार सचिवालयका चालक तथा सबै कर्मचारीको शुक्रबार स्वाब परीक्षण गरिएको थियो। ‘तीमध्ये चारजनाको अहिलेसम्म संक्रमण पुष्टि भएको हो’ थापाले भने ‘अब प्रधानमन्त्री ज्यूको पनि स्वाब परीक्षण हुन्छ।’

उनले फेसबुकमा लेखेका छन् ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’

त्यस्तै रिमाले पनि पिसिआर नतिजा पाेजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्।

‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’ उनले ट्वीटरमा लेखेका छन्। 


Leave a Reply

Your email address will not be published.