किशोरकुमार भट्टराईको पहिलो फायर सङ, ‘आगो’ सार्वजनिक

किशोरकुमार भट्टराईको पहिलो फायर सङ, ‘आगो’ सार्वजनिक

अग्निनियन्त्रक किशोरकुमार भट्टराईको ‘यो हो आगो’ गीत सार्वजनिक भएको छ। नेपालमै पहिलोपटक आगोसम्बन्धी गीत बनेको रचनाकार भट्टराईले जानकारी दिए। 

उनले यसमा आगोसम्बन्धी जानकारी समेटिनुका साथै हाम्रो जीवनमा आगोको उपयोगिताका बारेमा पनि जानकारी दिइएको बताए। 

‘अहिलेसम्म नेपालमा आगोसम्बन्धी कुनै गीत बनेका रहेनछन्,’ उनले भने, ‘दुई वर्षअघि शब्द रचना गरेको  थिएँ, अहिले मौका मिलेर बनाउन पाइयो।’

गीतमा उनले मानव जीवनमा आगोको महत्वबारे जानकारी गराएका छन्। उनले यसमा आगोबारे दुवै गुण समेटिएको बताए। 

‘विशेषगरी आगोका दुई गुणबारे चर्चा गरिएको छ। पहिलो, मित्र आगो र दोस्रो शत्रु आगो,’ उनले थपे, ‘मित्र आगो जो हाम्रो जीवनमा जन्मेदखि मृत्युसम्म उपयोगमा आउँछ, अर्को शत्रु आगो जसले मानव जीवन र प्रकृतिलाई नष्ट पार्नसक्छ।’ 

आगोको सही उपयोग र यसबाट विनास निम्तिन नदिनका लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराइएको उनले बताए। 

उनको यो हो आगो गीत ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको छ। 

भट्टराईको शब्दमा स्वर हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले दिएका छन्। 

यस्तै संगीत चन्दन श्रेष्ठको छ भने, संगीत संयोजन किरण कंडेलको रहेको भट्टराईले जानकारी दिए। 

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै सुशील पोखरेल, यमन श्रेष्ठ, किशोरकुमार भट्टराईलगायतले उक्त भिडियोमा अभिनय गरेका छन्।

राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन्।


Leave a Reply

Your email address will not be published.