कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल 

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल 

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशनबारे छलफल भएको छ। 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आसन्न १४ औं महाधिवेशनका साथै १९ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डाबारे छलफल भएको हो। 

शनिबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको तयारी र सोमबार बस्ने केन्द्रीय समितिको बैठकबारे छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

‘महाधिवेशनबारे विभिन्न कुराहरु आइरहेका छन्, कोरोनाको प्रतिकूलताका बीच कसरी अगाडी जान सकिन्छ मुख्यतः यी विषयहरुमा छलफल भएको छ’ प्रवक्ता शर्माले भने। 

तोकिएको कार्यतालिकाअनुसार कार्यसम्पादन हुन नसकेपछि महाधिवेशन प्रभावित हुने आशंका बढिरहेको बेला कार्यतालिका परिवर्तनबारे कुनै निर्णय नभएको शर्माले बताएका छन्। 

कार्यतालिका परिवर्तन गर्ने विषयमा छलफल भइरहेपनि निर्णय भने नभएको उनले जानकारी दिए। 

‘कार्यतालिका परिवर्तनबारे छलफल भइरहेको छ, तर यसबारे निर्णय भने भएको छैन,’ शर्माले भने,‘भोली बस्ने बैठकमा थप छलफल गरेर केन्द्रीय समितिको बैठकले टुंगो लगाउने छ।’


Leave a Reply

Your email address will not be published.