डा. केसीको जीवनरक्षा माग गर्दै शिक्षण अस्पतालमा दीप प्रज्ज्वलन 

डा. केसीको जीवनरक्षा माग गर्दै शिक्षण अस्पतालमा दीप प्रज्ज्वलन 

अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न र उनको जीवन रक्षाका लागि शिक्षण अस्पताल काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ। 

गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रका महासचिब निरन्जन थापाको संयोजकत्वमा विद्यार्थी, नेता तथा चिकित्सकहरूले दीप प्रज्ज्वलन गरेका थिए। 

त्यसक्रममा उपस्थित कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सरकारले डा.केसीका माग पूरा गर्न र उनको जीवन रक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका थिए। 

दीप प्रज्ज्वलनका लागि नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाल तथा पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी पनि उपस्थित थिए। 

त्यस्तै महाराजगन्ज चिकित्सा क्याम्पसको नेपाल विद्यार्थी संघको ईकाइका सुमित बोहरा, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका विशाल गौरव तथा नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटीका रविन्द्र भन्डराीलगायतका विद्यार्थी नेता पनि दी प्रज्ज्वलनमा सहभागी भएका थिए। 


Leave a Reply

Your email address will not be published.