महेन्द्रनारायण स्मृति प्रतिष्ठानको नि: शुल्क स्वास्थ्य शिविर
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
प्रतिष्ठानले चौथो सप्ताह मुखियापट्टी मुसहरनियामा शनिबार स्वास्थ्य शिविर गरेको हो। को
रोना माहामारीमा सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्उने उद्देश्यले प्रतिष्ठानको पहलमा कोभिड–१९ क्विक रेस्पोन्स टीमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ।
यसअघि प्रतिष्ठानले जनकपुरधाम उपमहानगरपालिका– १ का साथै लादोबेला र कुवा रामपुरमा स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ।
मुखियापट्टी मुसहरनियामा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी स्थानीय लाभान्वित भएको क्विक रेस्पोन्स टीमका सदस्य जीवनाथ चौधरीले जानकारी दिए।
स्वास्थ्य शिविरमा फिजिसियन, बालरोग, स्त्री रोग, हाडजोर्नीलगायतका विशेषज्ञ चिकित्सकहरूले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्शसमेत दिइएको उनले बताए।
कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको चौधरीले बताए।
कोरोनाका कारण सामान्य प्रकृतिका बिरामीहरू अस्पतालको पहुँचमा पुग्न समस्या देखिएपछि आफूहरूले निःशुल्क शिविर सञ्चालन गरेको उनको भनाइ छ।
मुखियापट्टी मुसहरनियामा सञ्चालन भएको स्वास्थ्य शिविरमा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवका साथै तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साह, क्विक रेस्पोन्स टीमका सदस्य चन्दन राय, दीपक ठाकुर, अखिल मधिकर्मीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
शिविर सञ्चालनमा सन्तोष यादव, मनोज साह, निर्मल चौधरी, जीतेन्द्र साह, राकेश विक्रम साह, सम्झना वर्मा, निलम कर्णलगायतका व्यक्तिहरूले समन्वय गरेका थिए।