चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा भारतीय कप्तान विराट कोहलीले लय समातेका छन्।  उनको अर्धशतकको मदतमा राेयल च्यालेञ्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो। 

जितका लागि १ सय ५५ रन पछ्याइरहेको बेंग्लोरले १९.१ ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनायो । यो बेंग्लाेरको तेस्रो जित हो। उसका लागि प्रारम्भिक ब्याट्सम्यान देवदत्त पाडिक्कलले ४५ बलमा ६३ रन बनाए ।
 
अबुधाबीमा भएको खेलमा कोहलीले भने ७२ रन बनाए। उनले ५३ बलको सामना गरेर सात चौका र दुई छक्का प्रहार गरे र नटआउट रहे। यसअघि खराव प्रदर्शनका कारण उनको आलोचना भइरहेको थियो।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने राजस्थानको निर्णय सही देखिएन। यसले बलियो सुरुआत लिन सकेन। राजस्थानले ७० रन बनाउँदासम्म चार विकेट गुमाएको थियो।
 
त्यसयता महिपाल लोमरोरले ३९ बलमा ४७ रन बनाए र राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । राहुल टेवाटियाले २४ रन बनाए र नटआउट रहे। बेंग्लोरका लागि युजभेन्द्र चाहलले घातक बलिङ गरे। उनले २४ रन खर्चेर तीन विकेट लिए। 

Leave a Reply

Your email address will not be published.