गगन, अर्जुननरसिंहसहित कांग्रेसका पाँच केन्द्रीय सदस्यमा कोरोना संक्रमण

गगन, अर्जुननरसिंहसहित कांग्रेसका पाँच केन्द्रीय सदस्यमा कोरोना संक्रमण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पाँच केन्द्रीय सदस्य तथा सुरक्षाकर्मी र अन्य कर्मचारी १२ गरी १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसी, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी केन्द्रीय सदस्यबाहेक रञ्जिता रेग्मी, ललित तामाङ, शिला कोइराला, ममदिपराज उप्रेती, रामकुमार तामाङ, अर्जुन थापा, उर्वशी सिल्वाल, दिप्ती खड्का, दिनेश खड्का, दिप्सना खड्का, कान्छी खड्का र उमेश खड्कामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

आगामी सोमबारका लागि तय भएको कांग्रेस केन्द्रीय समिति बैठकअघि सबैको पिसिआर परीक्षण गर्न स्वाब लिइएको थियो। 

तीमध्ये पाँच केन्द्रीय सदस्यसहित १७ जनामा संक्रमण पुष्टि भएको कांग्रेसका एक नेताले जानकारी दिए।

‘पाँच केन्द्रीय सदस्यसहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आगामी सोमबार हुने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ,’ ती नेताले शनिबार राति आयोमेलसँग भने, ‘अझै धेरैजनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।’


Leave a Reply

Your email address will not be published.