कोरोना त घरघरमै पुगिसक्यो : काठमाडौं महानगर– २६ 

कोरोना त घरघरमै पुगिसक्यो : काठमाडौं महानगर– २६ 

काठमाडौं महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारीले उपत्यकामा कोरोना घरघरमा पुगिसकेको बताएका छन्।

काठमाडौं उपत्यकामा दिनप्रतिदिन संक्रमण बढ्दै गइरहेको र वडामा त हरेक दिन संक्रमित थपिदै गइरहेको उनले बताए। 

‘यो सबैले संयम सचेत हुने बेला हो, कोरोना समुदायस्तरमा भन्दा पनि घरघरमा पुगिसक्यो, तिवारी’ भन्छन्, ‘कोरोना जो सुकैलाई जतिबेला पनि हुन सक्छ सबैले स्वास्थ्य मापदण्डको पालना गरौं सुरक्षित बनौं।’

उनले भाडावाललाई भाइरसले समस्यामा पारेको बताउँदै घरपरिवारका साथ बसेको भाडावाललाई झन् जोखिम भएको जानकारी दिए।

‘भाडावाल एक दुई कोठा र फ्ल्याट लिएर बसेकाका हुन्छन्, उनीहरुमध्ये कसैलाई जोखि भइहाल्यो भने अरुलाई कसरी सुरक्षित राख्ने?’ उनले भने ‘यही व्यवस्थापनको पनि अहिले समस्या छ।’ 

वडामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने करिब ३ सय भन्दा बढी संक्रमित रहेको वडाकी स्वास्थ्य संयोजक निथु श्रेष्ठले जानकारी दिएकि छन्।

 संक्रमितमध्ये २ सयभन्दा धेरै निको भएका छन्। १०० जनाजति होम आइसोलेसनमा, २५ जना अन्य आइसोलेसनमा र ७ जना अस्पतालमा छन्। 

श्रेष्ठका अनुसार अहिलेसम्म वडाभर करिब ६ सय जनाको पिसिआर परीक्षण गरिएको छ। जसमध्ये ६३ जनामा कोरोना पोजिटिभ पाइएको छ।

वडाभर अहिलेसम्म वडाले ६ सय ८ जनाको कन्ट्याक्ट टे«सिङ गरेको जानकारी दिएको छ।

वडाभित्र ठमेल, ज्याठा,केशरमहल,लैनचौर,सामाखुशी र गोँगबु नयाँ बसपार्क आदी क्षेत्र पर्छन्।


Leave a Reply

Your email address will not be published.