ब्राउन सुगरसहित झापाबाट दुईजना पक्राउ

ब्राउन सुगरसहित झापाबाट दुईजना पक्राउ

झापाको कुमरखोद क्षेत्रबाट लागुऔषध  ब्राउन सुगरसहित शनिबार साँझ दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका- ३ का १९ वर्षीय अमर राजवंशी  र २६ वर्षीय दिनेशक ठाकुर छन्।

सशस्त्र प्रहरी बल टाघनडुब्बा बोर्डर आउट पोष्ट  (बिओपी) का प्रहरी निरीक्षक सचिन प्रधान नेतृत्वको टोलीले साँझ ६:३० बजेतिर उनीहरूलाई पक्राउ गरेको हो। 

सुराकीको आधारमा उनीहरु कामाटोलीको होटलबाट पक्राउ परेका हुन्। प्लाष्टिकमा पोको पारेको अवस्थामा २८.८६ ग्राम ब्राउन सुगर बरामद भएको छ। दुवैजना इलाका प्रहरी कार्यालय कुमरखोदको नियन्त्रणमा छन्।


Leave a Reply

Your email address will not be published.