बुटवलमा गाडी तोडफोड
प्रदेश राजधानी सार्ने प्रस्तावविरुद्ध आह्वान गरिएको रुपन्देही बन्दको अवज्ञा गरेको भन्दै बुटवलमा गाडी तोडफोड गरिएको छ।
नेपाली कांग्रेसले आह्वान गरेको रुपन्देही बन्दका क्रममा बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बुटवलको देविनगरमा लु २ च १०७४ नं. को भ्यान तोडफोड गरेका हुन्।
इन्टरनेट तथा टिभी च्यालन प्रदायक संस्था ब्रोड व्याण्ड नेपाल प्रालीको उक्त गाडी ग्राहकको इन्टरनेट बनाउन जाने क्रममा तोडफोड गरिएको प्रालिले जनाएको छ। प्रालिले घटनाको भत्र्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ।
संस्थाले जस्तोसुकै आन्दोलन बन्द हड्तालको समयमा पनि आम जनताले सूचना पाउने एक मात्र बाटो इन्टरनेट र टीभी सन्चालनमा नै बन्द गरिने अभिप्रायले गाडीमा आक्रमण भएको प्रालिले आरोप लगाएको छ।
शुक्रवार पनि बुटवलमा तीन वटा सरकारी गाडीमा तोडफोड गरिएको थियो भने एउटा सरकारी स्कुटरमा आन्दोलनकारीले आगजनी गरेका थिए।