गुगलले अब ‘सस्तो’ फोन बेच्ने
महङ्गा स्मार्ट फोनहरू बेच्ने दौडबाट गुगल पछि हटेको छ।
गुगलले अघिल्लो साता पछिल्लो पिक्सेल डिभाइस सार्वजनिक गर्दै आफूले कम लागत भएका प्रयोगकर्तालाई प्राथमिकता दिने जानकारी दिएको छ।
उसले एप्पल र सामसुङ जसको फोनको मुल्य १/२ हजार अमेरिकी डलरसम्म पर्ने कम्पनीहरूसँग प्रतिष्पर्धा नगर्ने बताएको छ।
गुगलको पिक्सेल–५ मोबाइल, ६ सय ९९ डलर र पिक्सेल–४ ए फाइभ जी ४ सय ९९ डलरसम्म पर्छ।
केही महिनाअघि लन्च गरिएको पिक्सेल फोर ए ३ सय ९९ पर्थ्यो। सस्तो मुल्यमा पाउने गुगलका फोनहरुमा केही कमी भने छन्।
सामसुङ र एप्पलका फोन भन्दा गुगलका दुबै फोनमा प्रोसेसर र डिस्प्ले कम छन्। पिक्सेल ५ भने वाटर प्रुफ छ।
पिक्सेल फोर ए फाइब जी पाउने पहिलो देश जापान हुनेछ।
यो फोन ८ वटा देशमा सार्वजनिक गरिनेछ।
अमेरिकामा नोभेम्बरमा सार्वजनिक गरिनेछ।
एजेन्सीकाे सहयाेगमा