कांग्रेस कार्यालय पाँच दिन ‘सिल’, केन्द्रीय समितिको बैठक २४ गते बस्ने

कांग्रेस कार्यालय पाँच दिन ‘सिल’, केन्द्रीय समितिको बैठक २४ गते बस्ने

काठमाण्डौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २४ गते बस्ने भएको छ। 

पाँचजना केन्द्रीय सदस्यसहित पार्टी कार्यालयका केही कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सोमबार बोलाइएको बैठक आगामी २४ गतेको लागि तय भएको हो। 

पार्टी कार्यालयका सचिव प्रेम केसीले सोमबार बस्ने बैठक स्थगित भएर आगामी २४ गते २ बजेको लागि तय भएको जानकारी दिए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएका मागसहित महाधिवेशनपूर्व गर्नुपर्ने बाँकी रहेका कामबारे छलफल गर्न सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको थियो। 

तर, शनिबार पदाधिकारी बैठकमा पुगेका केही नेतामा संक्रमण पुष्टि भएपछि आइतबार हुने भनिएको पदाधिकारी बैठकका साथै केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको सचिव केसीले बताए। 

‘२४ गतेको लागि बैठक तय भएको छ, अवस्था हेरेर बैठक भर्चुअल वा प्रत्यक्ष हुने यसबारे टुंगो लाग्ने छ,’ केसीले भने। 

यता, कांग्रेस पार्टी कार्यालय पाँच दिनको लागि शिल गरिएको छ। पार्टीका नेताका साथै केही कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि आइतबारदेखि आगामी २२ गतेसम्म पार्टी कार्यालय शिल गरिएको सचिव केसीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.