भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार 

भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार 

भक्तपुरमा बसभित्र एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो। 

भक्तपुर नगरपालिका–८ कलाँचामा तीनजना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा. ३ ख २६१२ नम्बरको बसमा उनीहरुले किशोरीलाई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

बलात्कारमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० बस्ने २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ का सूर्य श्रेष्ठ रहेको जिल्ला महानगरीय प्रहरीवृत्त जगातीका डीएसपी राजेश थापाले जानकारी दिएका छन्। 

डिएसपी थापाका अनुसार बस रोकेर उनीहरुले किशोरीलाई बलात्कार गरेका हुन्। प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ। 

बलात्कारमा संलग्न आरोपीहरूमध्ये पक्राउ परेका निरकुमार बसको चालक र अन्य दुई स्टाफ रहेको बताइएको छ। आरोपीहरूले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए। 

पीडित किशोरीले आफूलाई लठ्याउने औषधि खुवाएर आफूमाथि बलात्कार भएको प्रहरीसमक्ष बयान दिएकी छिन्।

‘उनीहरूले रत्नपार्कमा खानेकुरा दिए, खाइसकेपछि बेहोस भएँ, पछि तीनजनालाई आफूसामु हेरेको,’ पीडित किशोरीलाई उदृत गर्दै डीएसपी थापाले भने। अपराह्न ४ देखि साँझ ५ बजेसम्म तीनजनाको फन्दामा रहेकी ती किशोरी एक घण्टापछि भाग्न सफल भएर प्रहरीसमक्ष पुगेकी थिइन्।


Leave a Reply

Your email address will not be published.