काठमाडौंमा एकैदिन थपिए १५९९ संक्रमित, देशभर २२५३
पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ८६ हजार ८ सय २३ पुगेको बताए।
आइतबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा १ हजार ३ ७३ , भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर २२ हजार २ सय १९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन्।
हाल ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा १ हजार ३ सय २९ जना कोरोना मुक्त भएका छन्।
यो सँगै संक्रमण मुक्त हुने संख्या ६४ हजार ६९ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.७ प्रतिशत रहेको छ।