जहाँ हुनुहुन्छ, त्यहीँ दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

जहाँ हुनुहुन्छ, त्यहीँ दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं–तिहार मनाउने नाममा जथाभावी यात्रा नगर्न आग्रह गरेको छ। 

मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले भनेका छन् ‘हामी जहाँ छौं त्यहीँ बसेर दसैं–तिहार मनाऔं।’ 

उनले सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको भन्दै चाडपर्वमा जथाभावी यात्रा गर्दा संक्रमण अझै फैलिनसक्ने बताए। 

‘काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ,’ डा. गौतमले भने, ‘दसैं पनि नजिकिँदै छ। सबैले जहाँ छौ, त्यहीँ बसेर दसैं मनाऔं।’

त्यसैगरी, डा. गौतमले जनस्वास्थ्यको मापदण्ड नअपनाउने व्यक्तिको लागि जरिवाना गरिने समेत बताए।

उनले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए।

अघिल्लो दिनमात्रै उनले सकेसम्म काठमाडौं नआउनका लागि अनुरोध गरेका थिए। 


Leave a Reply

Your email address will not be published.