‘अमेजन’ बाट चप्पल किनेर उत्तर प्रदेशका मुख्यमन्त्रीलाई ‘उपहार’

‘अमेजन’ बाट चप्पल किनेर उत्तर प्रदेशका मुख्यमन्त्रीलाई ‘उपहार’

भारतको उत्तर प्रदेशमा प्रतिपक्ष दल समाजवादी पार्टीले मुख्यमन्त्री योगी आदित्यनाथलाई चप्पल उपहार पठाएको छ। 

समाजवादी पार्टीका नेता आशिष कनौजियाले अनलाईनमार्फत मुख्यमन्त्री योगीलाई चप्पल उपहार पठाएका हुन्।

उत्तर प्रदेशको हाथरसमा १९ वर्षीय किशोरीको सामूहिक बलात्कारपछि भएको हत्यासम्बन्धी घटनामाथि आक्रोश व्यक्त गर्दै कनौजियाले भारतको चर्चित अनलाईन सपिङ अमेजनमार्फत मुख्यमन्त्री योगीलाई चप्पल उपहार पठाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। 

नेता कनौजियाले लखनऊको कालिदास मार्गस्थित मुख्यमन्त्री आवासको ठेगाना उल्लेख गर्दै अनलाईनमार्फत चप्पल पठाएर बलात्कारजस्ता घटना रोक्न सरकार असफल भएको भन्दै विरोध जनाएका छन्। 

कनौजियाको फेसबुक आईडीबाट भाइरल भइरहेको तस्बिरमा लेखिएको छ ‘उत्तर प्रदेशको मुख्यमन्त्रीलाई चप्पल पठाउँदै छु। मुख्यमन्त्री स्वयं माला बनाएर प्रयोग गर्न सक्ने छन्। इच्छा भए तपाईंहरुपनि चप्पल पठाउनु सक्नु हुनेछ।’

सामूहिक बलात्कारपछि किशोरीको हत्या भएको घटनालाई लिएर भारतभर आक्रोश देखिएको छ। एजेन्सीकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.