‘आइएमई पे’ एप १० लाखपटक डाउनलोड

‘आइएमई पे’ एप १० लाखपटक डाउनलोड

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाख पुगेको छ।

कम्पनीले आइतबार जनाएअनुसार आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित भएको र एप डाउनलोड गर्नेको संख्या १० लाख पुगेको हो।

१० लाख एप्लिकेसन डाउनलोड भएको अवसरमा कम्पनीले आइएमई पेबाट मोबाइल टप–अप गर्ने एकजनालाई एउटा वान प्लस मोबाइल उपहार दिने घोषणा गरेको छ। गोलाप्रथाबाट विजेता छनोट गरिने कम्पनीले जनाएको छ। यो योजना आज आइतबारबाट सुरु भई अक्टोबर १५ सम्म रहने छ।

आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकालले कम्पनी स्थापनाको छोटो समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नुलाई उल्लेख्य सफलता भएको बताए।

‘आमसेवाग्राहीको विश्वास, आबद्ध व्यावसायिक साझेदारको प्रयास र कर्मचारीको लगनशीलता नै सफलताको मापन हो, यसको सबै श्रेय कर्मचारी र सेवाग्राहीलाई जान्छ,’ उनले भने।

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो। एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीका मागअनुरूप सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडी बढिरहेको ढकालले जानकारी दिए।

पछिल्लो समयमा फैलिएको कोरोना भाइरस महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतामा ध्यान दिई रेमिटेन्सलगायतका थुप्रै सेवामा सेवाग्राहीको पहुँच पुर्‍याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रमक बजार विस्तार गर्दै आइरहेको जनाएको छ। 


Leave a Reply

Your email address will not be published.