कांग्रेस नेता खड्कालाई कोरोना संक्रमण 

कांग्रेस नेता खड्कालाई कोरोना संक्रमण 

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य दीपक खड्का कोरोना पोजिटिभ भएका छन् । आइतबार गरिएको स्वाब परीक्षणमा खड्कालाई कोरोना पुष्टि भएको हो। 

लगानी, पूर्वाधार र रोजगार समितिका सहसंयोजकसमेत रहेका खड्काले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित रहेको सार्वजनिक गरेका छन्। 

उनले आफूसहित एक छोरीलाई समेत कोरोना संक्रमण देखिएको बताएका छन्। 

यसअघि शनिबार गरिएको स्वाब परीक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र शंभुलाल श्रेष्ठसहित पार्टी कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

केन्द्रीय सदस्यहरु कोरोना संक्रमित भएपछि सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक असोज २४ गते २ बजेसम्म स्थगित भएको छ।


Leave a Reply

Your email address will not be published.