आयान डिस्ट्रिब्युटर हाम्रो ग्राहक होइन : विशाल ग्रुप

आयान डिस्ट्रिब्युटर हाम्रो ग्राहक होइन : विशाल ग्रुप

विशाल ग्रुपले सञ्चारमाध्यममा आफ्नोबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुको उपभोग मिति समाप्त भए पनि बजारमा बिक्री–वितरण भइरहेको समाचार सम्प्रेषण भएका थिए। गु्रपले यसमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ।

म्याद समाप्त भएका वस्तु बिक्री–वितरणमा समाचारहरूमा उल्लेख भएको आयान डिस्ट्रिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जनाएको छ।

कम्पनीले विधिवत आयात गरिएका वस्तु प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुलाई फिर्ता लिई सोको सतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको भन्दै अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरेको छ। आफ्ना ग्राहकवर्गमाझ भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह गरेको छ।

आमउपभोक्ताको स्वास्थ्य संवेदनशिलताप्रति सदैव सजग एवं सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले आयातित वस्तुको संस्थाअन्र्तगतका सप्लाइ चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुको समुचित लेखापरीक्षणपछि सम्बन्धित निकायमा सूचित गरी नष्ट गर्ने गरिएको विशाल ग्रुपले जनाएको छ।


Leave a Reply

Your email address will not be published.