अदालतले छाडेका व्यक्तिलाई  फेरि पक्राउ नगर्न बारको अपिल

अदालतले छाडेका व्यक्तिलाई  फेरि पक्राउ नगर्न बारको अपिल

अदालतको आदेशमा छाडिएका व्यक्तिलाई पुनः पक्राउ गर्ने र गैरन्यायिक थुनामा राख्ने कार्य तत्काल बन्द गर्न नेपाल बार एशोसिएशन, मानवअधिकार तथा जनसरोकार समिति झापाले माग गरेको छ। 

मनिष भनिने प्रवीण मिश्रलाई झापा प्रहरीले अदालत परिसरबाटै घेरा हालेर पक्राउ गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बारले हरेक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक हनन नगर्न भनेको हो।

‘गैरकानुनी थुनामा राख्ने कार्य संविधान र प्रचलित कानुन विपरीत छ’ नेपाल बार एशोसिएशन, मानवअधिकार तथा जनसरोकार समिति झापा संयोजक यज्ञलक्ष्मी चौलागाईंले निलालेको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको धरपकड र थुनामा राख्ने कुरालाई बारले किमार्थ स्विकार्न र कानुन बमोजिम मान्न सक्दैन, सकिन्न।’

हातहतियार तथा खरखजाना मुद्दामा अदालतले तोकेको धरौटी बुझाएर निस्केका प्रवीणलाई पक्राउ गरेर झापा प्रहरीले मानवअधिकारको बर्खीलाप विज्ञप्तिमा लेखिएको छ।

झापा बारले विधिको शासन, न्यायिक सर्बोच्चताको सम्मान गर्न र कसैलाई पनि कानुन विपरीत थुनामा नराख्न भनेको छ। 

अदालत परिषरबाट जिल्ला प्रहरी कार्यालय तर्फ लगिएका मिश्रको स्थिति सार्वजनिक गरी बिनासर्त रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ। 

मिश्रलाई नेकपा माओवादी विप्लव समूहको कार्यकर्ता भएको र विभिन्न ठाउँमा बम बिस्फोट तथा आगजनी गराएको आरोपमा झापा प्रहरीले ०७६ भदौ ३१ गते डेरामा बसिरहेका बेला बिर्तामोडबाट पक्राउ गरेर थुनामा राखेको हो।


Leave a Reply

Your email address will not be published.