मुम्बईले हरायो हैदराबादलाई, उक्लियो शीर्षमा

मुम्बईले हरायो हैदराबादलाई, उक्लियो शीर्षमा

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिगमा पहिले ब्याटिङ गर्दै बनाएको २ सय ८ रनलाई सफलतापूर्वक रक्षा गरेकाे छ।

यसक्रममा मुम्बईले सनराइज हैदरावादलाई ३४ रनले हरायो।

हैदराबादले विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो। मुम्बईको बलिङ धारिलो रह्यो र उसले खुलेर रन बनाउन सकेन।

हैदराबादका लागि कप्तान डेविड वार्नरले मात्र गतिलो योगदान दिए। उनले ६० रन बनाए। यसका लागि ४४ बलको उपयोग गरे। जोनी बेरिस्टोले २५ र मनीष पाण्डेले ३० रन बनाए।

मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्न दुई पल्ट सोचेन र मैदानमा ओर्लिहालेको थियो। यसक्रममा उसले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनायो ।

त्यसमा कप्तान रोहित शर्मालाई छाडेर अन्य सबै ब्याट्सम्यानले बराबरीको योगदान दिए। यसमध्ये सबैभन्दा बढी रन बनाउन खेलाडी भन प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी कक रहे। उनले ३९ बलमा ६७ रन बनाए।

यस्तै इशान किसनले ३१ र हार्दिक पान्डेयले २८ रन बनाए। हैदराबादका बलरमध्ये सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई विकेट लिए।

दुबईमा अहिले कि‌ंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेकाे छ। पन्जाबले ब्याटिङ गरिरहेकाे छ।

 

र, याे पनि

दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


Leave a Reply

Your email address will not be published.