वाटसन र फाफ डु जमेपछि धाेनीकाे चेन्नईले रच्याे कीर्तिमान

वाटसन र फाफ डु जमेपछि धाेनीकाे चेन्नईले रच्याे कीर्तिमान

महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंगसले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खराब प्रदर्शनको क्रमलाई बिर्साउँदै यसपल्टको प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित निकालेको छ।

चेन्नईले किंग्स इलेभेन पञ्जाबलाई १० विकेटले हरायो र पुछारको स्थान छाड्यो। टिमले १ सय ७९ रनको लक्ष्य बिना विकेटको क्षति १७.४ ओभरमा पूरा गरेको थियो। लगातार तेस्राे हारपछि चेन्नईले जित पाएकाे थियाे।

विजयी टिमका लागि दुवै प्रारम्भिक ब्याट्सम्यान लयमा फर्के। त्यसमध्ये शेन वाट्सनले ८३ रन बनाए भने फाफ डु प्लेसिसले ८७ रनको योगदान दिए । वाटसनले ११ चौका र तीन छक्का प्रहार गरे। प्लेसिसले भने ११ चौका र एक छक्का जोडे ।

टस जितेर पञ्जावले पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनायो। पञ्जावका लागि केएल राहुलले फेरि एकपल्ट कप्तानी इनिङ्स खेले।

उनले सात चौका र एक छक्कासहित ५२ बलमा ६३ रन बनाए। राहुलले मायान्का अग्रवालसँग मिलेर आक्रामक सुरुआत गरे। इनिङ्सको अन्त्यतिर निकोलस पूरनले १७ बलमा ३३ रन बनाए ।

जितपछि पछिल्लो संस्करणको उपविजेता चेन्नईले अन्तिम स्थान छाडेको छ भने पराजित पञ्जाब पुछारमा झरेको छ। अब पञ्जाब मात्रै एकै जितमा सीमित टिम बनेको छ।

यस सिजनकाे आइपिएलमा याे ठूलाे अन्तरकाे पहिलाे जित हाे।

 

र, याे पनि

मुम्बईले हरायो हैदराबादलाई, उक्लियो शीर्षमा

दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


Leave a Reply

Your email address will not be published.