प्रदेश ५का कानुन मस्यौदा समितिका सभापतिले राजीनामा दिए
रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका छन्।
‘पदसँग राजधानी साटेको’ आरोप लागेपछि उनले राजीनामा दिएको बताएका छन्।
‘मलाई राजधानीसँग सभापति साटेको आरोप लाग्यो’, श्रेष्ठले भने ‘आजका मितिदेखि सभापतिबाट राजीनामा दिएको घोषणा गर्दछु।’
सांसद् श्रेष्ठलाई प्रदेश सरकारले केही हप्ता अघि मात्रै प्रदेशसभा सन्चालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियुक्ति गरेको थियो।
नेकपा संसदीय दलको बैठक बोलाइएको बैठकमा पनि उपस्थित भएका छैनन्। संसदीय दलले सोमबार बिहान ७ बजे बैठकका लागि डाकेको थियो।