बागमती सभ्यता समितिको अध्यक्षका लागि ९ जनाको नाम
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षका लागि आवेदन दिएकामध्ये ९ जनाको नाम छोटो सूची (सर्ट लिस्ट) मा परेको छ।
सहरी विकास मन्त्रालय, पदाधिकारी सिफारिस समितिले २७ उम्मेदवारमध्ये ९ जनालाई सर्ट लिस्टमा पारेर नामावली प्रकाशन गरेको हो।
सिफारिस समितिले कात्तिक २ गतेदेखि ४ गतेसम्म अन्तर्वार्ता लिने भएको छ।
सर्ट लिस्टमा उद्ववप्रसाद तिमल्सेना, जानुका ढकाल, राजेशप्रसाद सिंह, रामदेव यादव, लक्ष्मीनारायण चौधरी, शंकर आचार्य, सन्तोष काफ्ले, सुन्दरराम बोहरा र हरिदत्त पौडलको नाम छ।