आज सुनचाँदीको भाउ कति?
नेपाली बजारमा आज सोमबार बहुमूल्य पहेँलो धातु सुनको भाउ ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।
आइतबार सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो। आज सोमबार तेजावी सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ।
आइतबार तेजावी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ घटे पनि चाँदीको मूल्य भने यथावत छ।
महासंघका अनुसार चाँदी तोलाको १ हजार १ सय ८० रुपैयाँमा किनेबच भइरहेको छ। गत शुक्रबार छापावाल सुन, तेजावी सुन र चाँदीको भाउ क्रमशः ९४ हजार ३ सय, ९३ हजार ८ सय र १ हजार १ सय ७५ रुपैयाँ थियो।