नोकिया २.४ सार्वजनिक, यस्ता छन् विशेषता

नोकिया २.४ सार्वजनिक, यस्ता छन् विशेषता

एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले ‘नोकिया २.४’ सार्वजनिक गरेको छ।
नोकिया २ को अर्को जेनेरेशन नोकिया २.४ मा नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा छ। 
६.५ इन्च एचडी प्लस स्क्रिन रहेको यो फोनमा लामो समयसम्म अधिक तस्वीर हेर्न सकिन्छ।  

नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्ने दाबी गरिएको छ। फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिने कम्पनीले दाबी गरेको छ। 

नोकिया २.४ मा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट छ, जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ।

यो फोनमा नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिङ छ।  सेल्फी नोचका साथ ठूलो एचडी प्लस डिस्प्लेले स्क्रिन छ। 

कम्पनीका अनुसार एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा छ। ३ वर्षको मासिक सुरक्षा अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधा र सुरक्षाको मज्जा लिन सकिन्छ। 

नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२जीबी रोममा उपलब्ध छ। नोकिया २.४ अब नेपाली बजारमा १४ हजार ५ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ। दराज डटकम डटएनपी र सस्तो डिलमा यो फोन उपलब्ध हुने जनाइएको छ। 

नेपालका लागि नोकिया फोनको आधिकारी वितरक टेलि टक रहेको छ।   
 


Leave a Reply

Your email address will not be published.