तातोपानी नाका पनि सुचारु, १२ कन्टेनर भित्रिए
उत्तरतर्फका दुबै नाका सञ्चालनमा आएका छन्।
रसुवागढी नाका सञ्चालनमा आएको केही सातामा तातोपानी नाका पनि सुचारु भएको हो।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार डेढ महिनापछि सोमबार १२ वटा कन्टेनर नेपाल भित्रिएका छन्।
चिनियाँ पक्षले आइतबार साँझ मितेरी पुलमा सामान ‘अनलोड’ गरेको थियो।
यसैबीच, पहिरोका कारण असहज बनेको रसुवागढी नाकामा पनि सहज आयात भइरहेको छ।
रसुवा भन्सारका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रेडिमेट गार्मेन्टलगायत सामग्री बोकेका कन्टेनर पनि भित्रिन थालेका छन्।