१० अर्बको विकास ऋणपत्र जारी 

१० अर्बको विकास ऋणपत्र जारी 

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेको छ।

२०८४ मा परिपक्व हुने विकास ऋणपत्रको बोलकबोल मंगलबार अपराह्न ३ बजे हुनेछ।

राष्ट्र बैंकले  ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई बोलकबोल पेश गर्न भनेको छ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकले सरकारका निम्ति आन्तरिक ऋण उठाइदिने क्रममा विकास ऋणपत्र जारी गरेको हो।

सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।  ऋण उठाउन सुरु भइसकेको छ।


Leave a Reply

Your email address will not be published.