प्रदेश ५ को राजधानीमा विष्णु पाैडेल र बालकृष्ण खाण फेरि सँगसँगै
विष्णु पौडेल नेपाल कम्युनिष्ट पाटी (नेकपा) महासचिव हुन्। बालकृष्ण खाड नेपाली कांग्रेसका प्रमुख सचेतक।
उनीहरू दुबैको रुपन्देहीको राजनीतिमा बलियो पकड छ। यहि पकडका कारण आफ्नो दलको मात्र होइन राष्ट्रिय राजनीतिकमा नै आफ्नो पकड दर्ज गर्न सकेका छन्।
फरक-फरक राजनीतिक पृष्ठभूमि हरेकाले उनीहरूको राजनीतिक एजेण्ड पनि फरक हुने गर्छ। तर, आफ्नो क्षेत्रको कुरा गर्दा उनीहरूका खास-खास मुद्दा र एजेन्डा भने उस्ताउस्तै हुने गर्छन्।
रुपन्देहीको विकासका मुद्दामा सधै एक हुने उनीहरूको परम्परा नै बन्ने गरेको छ। यी दुई नेताको रुपन्देहीमा रहेका सामाजिक संघ संस्थाको नेतृत्व चयनमा समेत प्रभाव पर्ने गरेको छ।
अहिले प्रदेश ५ को राजधानीको मुद्दा फेरि उठेको छ। राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने कि रुपन्देहीकै बुटवलमा राख्ने भन्ने एजेण्डाले प्रदेश ५ को प्रदेश सभा मात्र होइन रुपन्देहीको सडकसमेत तातेको छ।
नेपाली कांग्रेसले तीन दिनदेखि नै आफ्ना कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गरि सडक तताइरहेको छ। सामाजिक संघ सस्थाहरू सञ्जाल नै बनाएर दुई दिनदेखि सडक आन्दोलन गरिरहेका छन्।
नेकपा रुपन्देहीले पनि आइतबार विज्ञप्ती निकालेर राजधानी सार्ने बिषयमा विरोध जनाएर कार्यकर्तालाई सडकमा आउने बाटो खोलिदिएको छ।
योसँगै मंगलबारदेखि प्रदेश ५ को राजधानीको एजेण्डा रुपन्देहीमा साझा बनेको छ।
यो साझा एजेण्डाभित्रका मुख्य पात्र भनेका नेकपाका महासचिव पौडेल र नेपाली कांग्रेसका प्रभावशाली नेता खाड नै हुन्।
जसरी राजधानीको एजेण्डा साझा बन्यो त्यससँगै ति नेताले मुख पनि खोलेका छन्।
आइतबार नेकपा महासचिव पौडेलले राजधानीको बिषयमा नेकपा अध्यक्ष केपि ओली र पुष्पकमल दहालसँग असन्तुष्टी राखे त्यस समय प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनिसँगै थिए। त्यससँगै नेकपा रुपन्देही पनि विज्ञप्ती जारी गर्यो।
मौखिक रुपमा आन्दोलन अघि बढाउनका लागि रुपन्देही कांग्रेसलाई भनेका खाडले मंगलबार विज्ञप्ती नै निकालेर आन्दोलनमा सहभागी हुन भनेका छन्।
यी दुई नेताको औपचारिक धारणा बाहिर आएपछि महासचिव पौडेल र नेपाली कांग्रेसका नेता खाड मात्रै मिलेका छैनन् यहाँका कार्यकर्ताहरूले पनि एकैसाथ आन्दोलन हाँकिरहेका छन्।
उनीहरू एउटै मञ्चबाट प्रदेश सभा भवन घेराउ गरिरहेका छन्।
यो आन्दोलनको दृश्यमा रुपन्देहीका स्थानीयहरूले पौडेल र खाँडलाई देखिरहेका छन्।
यसअघि पनि उनीहरू कालीगण्डकी तिनाउ डाइभर्सन, बुटवल बेलहियार सिक्स लैण्ड सडक विस्तार, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, सिद्दबाबा सुरुङ मार्गमा सँगसँगै हिड्ने गरेका छन्।
महासचिव पौडेल र नेता खाडले चुनावी मैदानमा समेत कहिल्यै एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने गरेका छैनन्। चुनावी मैदानको अभियानमा समेत उनीहरूले एउटै निर्वाचन क्षेत्र नपारी भित्री रुपमा मत साटासाट गर्ने गरेको आरोप लाग्ने गरेको छ।
यी फरक दलका दुई नेताको राजनीतिक साँठगाँठले अरुलाई के भएको छ थाहा छैन तर रुपन्देहीका जनतालाई भने फाइँदा नै भएको स्थानीयहरू बताउँछन्।